रवी लामिछानेसहित तिनै जना अदालतमा पेश, ‘ईन्टरभेन्सन’ बहस हुँदै

appharu
0
Shares

पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवी लामिछाने, युवराज कडेँल र रुकु कार्कीलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ । बिहीबार पक्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई जिल्ला अदालत चितवनमा लगिएको हो । अहिले उनीहरुको थुनछेक बहस भइरहेको छ । उनीहरुलाई म्याद थप गर्ने या नगर्ने भन्ने बहसपछि टुंगो लाग्नेछ ।

जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवी लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडीको गेटबाट अदालत लगेको हो । तीनै जनालाई बिहीबार नै काठमाडौंबाट पक्राउ गरी चितवन लगिएको थियो ।
यसैबिच उनका समर्थकले विभिन्न सहरमा निशर्त रिहाईको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?