विवाहेत्तर सम्बन्धको कुरुप पाटो : श्रीमान् विदेशमा, श्रीमतीले अर्कैसँग पासो लगाएर प्राण त्यागीन्

appharu
0
Shares

काठमाडौंको कपनमा एउटै पासोमा झुण्डिएर एक यूवा र विवाहित यूवतिले गएराति आत्महत्या गरेका छन् ।
एउटै रुखमा पासो लागेर युवायुवतीले आत्महत्या गरेका हुन् । डेरा गरी बस्ने उनीहरु दुवैको परिवारका सदस्यहरु काठमाडौँ आईपुग्दै छन् । उनका श्रीमान् पनि नेपाल आईपुग्दै छन् । सुक्ष्म ढंगले अनुसन्धान भइरहेको छ ।

सोलुखुम्बु सोताङ ४, नाम्लुङका २१ वर्षीय अमिर चन्द्र छिरिङ र दूधकोशी गाउँपालिकाकी २३ वर्षीया निर्मला खालिङले रुखको हाँगोमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

खालिङ विवाहित हुन् । उनको एक छोरीसमेत छिन् । श्रीमान भने वैदेशिक रोजगारीमा रहेको बताइएको छ । छोरी पढाउन भन्दै काठमाडौं आएकी खालिङ नाछिरिङ जो अविवाहित यूवा हुन् उनैसँग एउटै पासोमा झुण्डिएर आत्महत्या गरिन् ।
उनीहरुको शव झुण्डिएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरी गुहारेका थिए ।
दुवैको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याउने तयारी भएको छ । घटनाबारे अनुसन्धान भइरहेको बौद्धका डिएसपी नरेन्द्र चन्दले बताउनुभएको छ ।


यो समाचार पढ्नुभयो ?

‘दाजु बहिनी’ पर्ने विवाहिता एउटै पासोमा झुण्डिएर आत्महत्या, फेसबुकमा जे देखियो !
फेसबुकमा स्टाटस राखेर किन युवाहरु आत्महत्या गर्छन् ?
‘सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?