‘घाँटीभन्दा तल त राम्री नै छे’ गीतको चर्काे आलोचना, आस्थाको आक्रोस झनै बढी

appharu
0
Shares

काठमाडौं । गायक आर्जन पाण्डेको ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतले महिलाको भद्दा मजाक उडाएको भन्दै सामाजिक अञ्जालमा चर्काे विरोध सुरु भएको छ ।

गीतले महिलालाई ‘वस्तु’का रुपमा प्रयोग गरिएको तथा गीतको अधिकांश शब्दले महिलाको मजाक उडाएपछि सांगीतिक क्षेत्रकै व्यक्तिद्वारा सामाजिक सञ्जालमा आलोचना भएको हो ।

अभिनेता निर्मल शर्माले गीतको आलोचना गर्दै फेसबुक स्टाटस नै लेख्नुभएको छ । बजारमा नयाँ गीत आएको रहेछ । गीतमा पुरुषले महिलालाई भन्छ ‘घाँटी भन्दा तल त राम्री नै छे’ भगवानसँग कामना गर्छु यो गीत मेरो छोराहरुले सुनेर नगाइदिउन् र श्रीमती, ममी, दिदीबहिनीको अगाडी मैले लाजले मुख छोप्न नपरोस । म महिलाहरुलाई ३३ प्रतिशत हैन ५० प्रतिशत नै हुनुपर्छ भन्ने पक्षमा छु । र, महिला हिंसाविरुद्धमा आवाज उठाउनेहरुको कानसम्म पुगोस यो गीत ।”

यो गीतमा दि भ्वाईस अफ नेपालकी कोच आस्था राउतको आक्रोस झनै बढि छ । उहाँ लेख्नुहुन्छ । केटी मान्छेको घाँटी भन्दा तलको गीत लेख्ने गाउनेले आफ्नै घाँटी भन्दा माथीको गिदी चेक गर्न जाओ ! गिदी छ कि लिदी छ?

यस्तै गायिका राउतले बुधबार विहान मात्रै पनि एउटा अर्काे स्टाटस् फेसबुकमा लेख्नुभएको छ ।

यता, महिला अधिकारका विषयमा आवाज उठाउँदै आएकी अमृता लम्सालले आफ्नो ट्विटर एकाउन्टमा लेख्नु भएको छ । “एउटा गीत रिलिज भएको रहेछ, बोल ‘घाँटीभन्दा तल त राम्री नै छे’, एक सेलिब्रिटी महिला मोडलको एक्टिङ । उहाँले भिडियोको अन्त्यमा त्यही वाक्य दोर्होयाउँदै ह्वाट द्याट मिन ? पनि भन्नु भएको रहेछ ! नबुझेको पक्कै होइन होला । गीतको नाममा जे पनि लेख्न, गाउन नाच्न पाइने हो ?”

यसैगरी विष्णु धितालले फेसबुकमा लेख्नु भएको छ । सबै भन्दा पट मुर्ख…यो गीतको भिडियो खेल्ने नारी लाई छि……भन्न मन लाग्यो । यो गित लेख्ने, संगीत गर्ने समग्र यो गित तयार पार्ने मान्छे आफ्ना आमा, चेलीबेटीलाई पनि यस्तै व्यवहार गर्छन ? अथवा कसैले आफ्ना आमा, चेलिबेटी लाई यस्तै व्यवहार गरे भने के गर्छन होला ? भन्दै प्रश्न गर्नुभएको छ ।


गीतको भिडियो यस्तो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?