अदालतको अनौठो आदेश : ‘सम्बन्धविच्छेद गरेकी पत्नीलाई ३ महिनामा ३ जोर कुर्ता सुरुवाल दिनू’

मासिक २० किलो चामल दिनूपर्ने !

appharu
0
Shares

विश्वमा नै सम्बन्धविच्छेदका घटनाहरु बढीरहेको छ । टिकाउन चाहदाचाहदै कतिपय यस्ता अवस्थाहरु आईदिन्छन् कि वैवाहिक सम्बन्धहरु कसैगरेरपनि टिक्न सक्दैनन् । अन्तत विवाहित जोडीहरुले सम्बन्ध विच्छेदको बाटो रोज्छन् ।

तर यहाँ प्रस्तुत गरिएको घटनाक्रमले तपाईलाई सम्बन्धविच्छेद बढेको जानकारी मात्रै होईन । अनौठो चलनबारे पनि थाहा हुनेछ ।

कुरा छिमेकी मुलुक भारतको हो ।

हामीले सुन्दै आएको सामान्य कुरा के हो भने सम्बन्धविच्छेदपछि अदालतले लोग्नेबाट श्रीमतीलाई अंश तथा मानाचामल भराउने फैसला गर्दछ। तर भारतको पञ्जाव तथा हरियाणा उच्च अदालतले पछिल्लो समय निकै अनौठो फैसला गरेको छ ।

हो, अदालत यो फैसलाले त्यहाँका सञ्चारमाध्यममा निकै बहस तथा स्थान पायो ।
अदालतमा सम्बन्ध विच्छेदको मुद्दा झेलिरहेका एकजना पुरुषले आफ्नो कुनै जागिर नभएको हुनाले डिभोर्स गरिसकेपछि पत्नीलाई गुजारा भत्ताको रुपमा नगद दिन नसक्ने भनी उच्च अदालत समक्ष निवेदन गरेका थिए । तर नगदको साटो दैनिक प्रयोग हुने सामानहरु भने दिनसक्ने उनले बताएका थिए ।

लोग्नेले डिभोर्स गर्ने पत्नीलाई निर्वाह भत्ताको रुपमा नगद दिन नसक्ने र दैनिक उपभोगका चिज भने दिनसक्ने भनेपछि अदालतले यस्तै खालको फैसला गर्यो ।

जस अनुसार डिभोर्स गरिसकेपछि पूर्व पत्नीलाई मासिक २० किलो चामल, ५ किलो चिनी, ५ किलो दाल, ५किलो गहुँ, २ किलो दुध तथा ५ किलो घिउ दिनुपर्ने दिनुपर्ने भयो । त्यस्तै पूर्व पत्नीलाई हरेक तिन महिनामा तीनवटा कुर्ता सुरुवाल सूट पनि दिनुपर्ने फैसला अदालतले गर्यो ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?