श्रीमतीको बेडरुममा सिसिटिभी जडान, सासूको कडा निगरानी !

दाइजोको कारण हुनसक्ने

काठमाडौं । भारतको त्रिपुराकी एक महिलाले आफ्ना श्रीमानविरुद्ध उजुरी दिन राज्य महिला आयोग पुगिन् । कारण यो थियो कि उनका श्रीमानले घरभरी नै आफ्नो श्रीमतीलाईइ नियन्त्रणमा राख्नको लागि सिसिटिभी क्यामरा जोडेका थिए ।

इन्डियन एक्सप्रेसको समाचार अनुसार पश्चिमी भारतको त्रिपुरा जिल्लाको प्रतापगढमा एउटा गाउँ छ, साधुतिल्ला । जहाँ घटनाको उजुरी दिने महिला र घरमा सिसिटिभी जोड्ने श्रीमानबीच तीन वर्ष अघि विवाह भएको थियो ।

श्रीमानले आफ्नै श्रीमतीको गतिविधि नियाल्न गत वर्ष सेप्टेम्बरमा चार कोठे घरमा पाँचवटा सिसि क्यामरा राखेका थिए । आफू २४ घण्टा नै सिसिटिभीको नियन्त्रणमा रहनुपरेपछि ति महिला घर छोडेर माइती गइन् ।

महिलाका अनुसार उनका श्रीमानले क्यामरा घरमा छिर्ने गेट, सासुको कोठा, बैठक कोठा र उनीहरुको बेडरुममा राखेका थिए । क्यामराको मोनिटर सासूको कोठामा फिट गरिएको थियो, जहाँबाट सासूले आफ्नो बुहारीको निगरानी गर्दथिन् ।

महिलाले प्रहरीलाई दिएको उजुरी अनुसार महिलालाई विवाहको केही दिनपछिदेखि दाइजोका लागि प्रताडित गर्न थालिएको थियो ।

विवाहका बेला दाइजोको कुरै नगरेको उनको माइतीले दाइजो नदिएको तर बिबाहपछि दाइजो मागेर श्रीमानको परिवारले दाईजोको निहुमा उनलाई दु:ख दिन थालेको थियो । त्यसपछि उनको माइती परिवारले एक पैतृक जमिन बेचेर दुई लाख भारु दाइजोस्वरुप दिएको थियो ।

महिलाको आरोपपछि महिलाका श्रीमानलाइ सोधपुछ भयो । श्रीमानले आफू निर्दोष भएको र दाइजो माग नगरेको बयान दिए । श्रीमानका अनुसार श्रीमतीले घर छोड्ने तयारी गरिरहेको र आफूलाई जेल पठाउने धम्की दिईरहेको बयान दिए ।

श्रीमानको बयान अनुसार आरोप लगाउने महिलाले श्रीमानलाई र उनका आमा तथा आफन्तलाई दुर्व्यवहार गर्थिन्, त्यसकारण उनले आत्मसुरक्षाको लागि सिसिटीभी क्यामरा जोडेको बताएका छन् ।

उनले आवश्यक परेको बेला निर्दोष छु भनेर सावित गर्नको लागि भनेर आफूले सिसिटिभी जोडेको बताए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?