नेवि संघको मसाल जुलुसमा जे देखियो…(फोटोफिचर सहित एक्स्क्लुसिभ भिडियो)

appharu
0
Shares
सरकारविरुद्ध प्रदर्शन गर्दै नेवि संघ

काठमाडौं । विष मिसिएको तरकारी खुवाउन पाइँदैन भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सरकारविरुद्ध चर्को नाराबाजीसहित मसाल जुलुस निकालेको छ ।

बाइपासबाट निकालेको मसाल जुलुसमा बालाजु चोक पुगेपछि प्रहरीले हस्तक्षेप गरी नेविसंघका १४ जना नेता र कार्यकर्ता पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा निवर्तमान केन्द्रिय सदस्य सुशील भट्ट, विद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा ,सुबास घिमिरे, सुदिप अधिकारी, बिजय ढुङ्गना, मनोज राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदिपजङ साह, अमृत लामिछाने, उत्सब अवस्थी, अनिल महर्जन छन् ।

नाराबाजी गर्दै हातमा मसाल बोकेका विद्यार्थी नेताहरु र प्रहरीबिच सामान्य हात हालाहाल समेत भएको थियो ।

सो क्रममा विद्यार्थी नेता पवन थापा, बिजय ढुङ्गाना, अमृत लामिछाने, प्रदिप जङ साह सामान्य घाइते भएको बुझिएको छ ।

यो समाचार छुटाउनुभयो कि ?

नेविसंघको मसाल जुलुसमा प्रहरी हस्तक्षेप, दर्जन भन्दा बढी विद्यार्थी नेता पक्राउ

विद्यार्थी नेताहरुले जनताको जीवनमाथी खेलबाड गर्न पाईदैन भन्दै नारा लगाएका थिए ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको अगुवाइमा राजधानीको बालाजु चोकबाट निकालिएको मसाल जुलुस बालाजु चौकी नजिक गएर समापन भएको थियो । आज नेविसंघले उपत्यकाका ११ स्थानमा मसाल जुलस निकालेको थियो ।

सरकारविरुद्ध शुक्रबार माइतिघरमा ११ बजे विरोधसभामा गर्ने नेविसंघको तयारी छ ।

हेर्नुहोस् लोकपथ डटकम/ लोकपथ टिभिको लेन्सबाट जे देखियो सत्य तथ्य निस्पक्ष तथा Breaking समाचारको लागि लोकपथ डटकम लगईन गरिरहनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?