नक्कली भ्याट बिल बनाएर तीन अर्ब कर छली

काठमाडौं– नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरी दुई अर्ब ९८ करोड रुपैयाँ कर छली गरेको आरोपमा राजश्व अनुसन्धान विभागले १५ व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
मुख्य अभियुक्त सुनसरी इनरुवाका गोपाल प्रसाद भट्टराई र विराटनगरका रिम्मरध्वज कार्की, दुई कर सहयोगी र तीन लेखापालसहित १५ विरुद्ध बिगोको दुई गुणा जरिवाना र जनही तीन वर्ष कैद माग गर्दै बिहीबार मुद्दा दायर भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?