‘गोल्ड मेडल’ नै किनबेच

काठमाडौं–त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट विदार्थीलाई दिइने ‘गोल्ड मेडल’ खरिद बिक्री हुने गरेको खुलेको छ ।
गोल्ड मेडल खरिद बिक्रीमा संलग्न त्रिविका एक र्मचारी र विद्यार्थीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइरालालाई आयोगले पक्राउ गरेको हो ।
पाटन क्याम्पसमा अर्थशास्त्रविषयमा स्नातकोत्तर तहमा अध्ययनरत कोइराला पेशा अधिवक्ता हुन् ।
आफूलाई गोल्ड मेडलिस्ट बन्ने रहरमा उनले कर्मचारी कर्माचार्यसँग आर्थिक डिल गरेका थिए । नयाँ पत्रिका दैनिकका अनुसार गोल्ड मेडलका लागि रु ५ लाखमा डिल भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?