डिएसपीको कुर्सीमा बसेर फोटो खिच्ने गुरुङ पुर्पक्षका लागि जेल चलान

प्रहरी नायव उपरीक्षक (डिएसपी)को कुर्सीमा बसेर फोटाे खिच्ने भारत बैंगलोर कनिका २५ वर्षीय हर्कराज भनिने ओसमान डायनियल गुरुङ पुर्पक्षाका लागि जेल चलान गरिएको छ । उनी झापा विर्तामोड नगरपालिका–५ मा बस्दै आएका थिए ।

काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षाका लागि जगन्नाथ देवलस्थित केन्द्रीय कारागार चलान गर्ने आदेश गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धानपछि मुद्दा दर्ता गरेको हो । पक्राउपछि उनलाई झापास्थित इलाका प्रहरी कार्यालय बिर्तामोडले कारबाहीका लागि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार अनाधिकृत तवरले डिएसपीको कुर्सीमा बसेर फोटो खिचेर त्यसलाई सामाजिक सञ्जालमार्फत ‘भाइरल’ बनाएको पाइएपछि विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने, ‘उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको थियो । सोही मुद्दामा उनलाई अदालतले पुर्पक्षाका लागि  जेल चलानको आदेश सुनुवाइ गरेको छ ।’ नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?