काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हज कार्यसम्पादन उपसमिति (२०७४) का अध्यक्ष मोहम्मद शोएबसहित १० जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०७४ सालमा उपसमितिका अध्यक्ष शोएबसहितले सार्वजनिक खरिद ऐनविपरीत हजयात्रीका लागि मक्कामदिना जाने–आउने हवाई टिकटका लागि दोस्रो कम अंक कबोल गर्ने हिना ट्राभल्स एन्ड टुर्सको बोलपत्र स्वीकृत गरी ३८ लाख रुपैयाँ अनियमितता गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
युनिभर्सल टुर्स एन्ड ट्राभल्सले ८८ हजार ९९५, हिना ट्राभल्स एन्ड टुर्सले ९० हजार र सिलिंक्स ट्राभल्स एन्ड टुर्सले ९५ हजार ३ सय रुपैयाँमा प्रतियात्रु हवाई टिकट उपलब्ध गराउने बोलपत्र पेस गरेकामा हज कार्यसम्पादन उपसमितिका पदाधिकारी र हज समितिको सचिवालयका सदस्यसचिवले कानुनविपरीत दोस्रो बढी रकम कबोल गरेको हिना ट्राभल्स एन्ड टुर्सको प्रस्ताव स्वीकृत गरी ३८ लाख रुपैयाँ हिनामिना गरेको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ ।कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया