चीनले थाल्यो हरियो शहरको अवधारणा, सन् २०२० सम्ममा निमार्ण पूरा हुने

एजेन्सी । चीन तिव्र रुपमा विकास भइरहेको छ । तिव्र रुपमा विकास हुने क्रममा रहेको चीनमा एक यस्तो शहरको फोटो सर्वजनिक भएको छ जुन चारै तिर मात्र हरियो देख्न सक्नुहुने छ भौतिक विकासले गर्दा शहरमा रुख तथा हरिया बोटविरुवा मानिसहरुको कल्पनाबाट पनि बाहिरएको अवस्थामा चीनकै लिउहु शहरले भने शहरी जीवनाशैलीको बारेमा सोचलाई नै चुनौती दिने भएको छ त्यस्तै, त्यही मात्र होइन सो शहरले ३० हजार जनसंख्यालाई स्वच्छ हावा समेत प्रदान गर्ने छ । चीनको उत्तरी भेग गुहांक्सी क्षेत्रमा बनाउन लागिएको नयाँ शहरले प्रकृति र सहरलाई पर्यटकको रुपमा विकास गर्ने भएको छ सो शहरी क्षेत्रमा ४० हजार रुख तथा १ लाख भन्दा बढी हरिया बोटविरुवा रोपिने छ । सन् २०२० मा पुरा हुने गरिन निर्माण गर्न लागिएको सो सहरले हरियो शहरको अवधारणालाई समेत परिवर्तन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?