केपी ओलीलाई ‘भावी प्रधानमन्त्री’का रूपमा फोन

काठमाडौँ, ७ पुस- प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको १५ दिनपछि भारतले औपचारिक रूपमा स्वागत गर्दै शीर्ष नेताहरूलाई बधाई दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बेग्लाबेग्लै टेलिफोन गरी बधाई दिएका हुन् । मोदीले ओलीसँग ‘भावी प्रधानमन्त्री’का रूपमा कुराकानी गर्दै प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्न निमन्त्रणासमेत दिएका छन् निर्वाचनलगत्तै अमेरिका र जापानले शीर्ष नेतालाई बधाईसहित स्वागत गरे पनि छिमेकी भारत र चीन मौन थिए । संयुक्त राष्ट्रसंघ, युरोपियन युनियनले निर्वाचन सम्पन्न भएकोमा सरकार, राजनीतिक दल र नेपाली जनतालाई बधाई दिइसकेका छन् । मोदीले निर्वाचनमा वाम गठबन्धनको ठूलो सफलताका लागि ओली र प्रचण्डलाई बधाई दिएका छन्, नयाँ पत्रिकाले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?