उमेर लुकाउनु भयो कि ! जवानीले ढलिसकेको यसरी पत्तो लाग्छ

हत्तपत्त युवतीहरु आफ्नो उमेर बताउन चाहदैनन् । हुन त केटीको उमेर र केटाको तलब नसोध्नु भनिन्छ ! तर पनि उमेरबारे कौतुहल त भैहाल्छ |त्यसो भए उमेर ढल्केको कसरी थाहा पाउने ? यो धेरैको मनमा लागेको जिज्ञासा हुनसक्छ । यसबारे हामी केही बताउने कोसिसमा छौं विभिन्न अनुसन्धानलाई आधार मानेर एजेन्सीहरुले तयार परेको रिपोर्ट अनुसार कपाल झरेर तक्लु हुनु र कानको आकार बढ्नु भनेको उक्त ब्यक्तिले ५० वर्ष पुरा गरेको प्रमाण हो कसैको उमेरबारे सहि निक्योल गर्न बुढ्यौलीको अन्य निशानाहरु पनि हेर्न सकिने सर्वेक्षणले देखाएको छ । जसमा पर्दछ टेलिभिजन हेर्दाहेर्दै निदाउनु, रुघाखोकी लागेको सुरुमै स्वेटर लगाउनु, कारको साचो भुल्नु, यातायातको साधन ढिलो चलाउनु, अन्य मानिसहरुको नाम बिर्सनु तथा याद गर्न मुस्किल हुनु आदि के तपाईमा पनि माथि भनिएका समस्याहरु छन् त ? हो भने चाहि तपाइको पनि जवानीले डाँडाँ काटिसकेको बुझ्नु होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?