पप गायिका सायमामाथि लाग्यो उत्तेजना फैलाएको आरोप, दुई वर्षको जेल सजाय

कायरो, २८ मंसिर । इजिप्टको एक अदालतले एक पप गायिकालाई दुई बर्षको जेल सजाय सुनाएको छ । यी गायिका एक म्युजिक भिडियोमा अन्डरवयर लगाएको र केरा खादै गरेको देखिएकी छन् । २५ वर्षीया पप गायिका सायमा अहमदलाइ्र्र गत महिना गिरफ्तार गरिएको थियो उनलाई म्युजिक भिडियो अश्लील बनाएको र उत्तेजना भड्काउने प्रकारको भएको आरोप लगाइएको थियो । अदालतले सो भिडियो अश्लील भएको ठहर गरेको हो अदालतले यो भिडियोका निर्देशकलाई पनि दुई वर्षको जेल सजाय सुनाएको छ । यद्यपि सायमाले पक्राउ पर्नुअघि नै माफी मागिसकेकी थिइन् उनले आफ्नो फेसबुक पेजमा लेखेकी थिइन्, ‘मैले कहिल्यै पनि यस्तो हुन्छ भन्ने सोचेकी थिइनँ र मैले मानिसहरुको यसप्रकारको हमलाको सामना गर्नुपर्नेछ भन्ने पनि ठानेकी थिइन ।’ अहिले उनको यो फेसबुक पेज भने डिलिट भइसकेको छ सायमा अहमद आफ्नो म्युजिक भिडियोमा केरा खाँदै गरेको देखिएकी थिइन् । सो भिडियोमा उनी वयस्त्र विद्यार्थी रहेको एउटा कक्षामा पढाउँदै गरेको पनि देखिएकी थिइन् इजिप्टका जनता र सरकारले उनको केरा खाने तरिकालाई अश्लील र समाजका लागि हानिकारक भएको ठहर गरेका हुन् । यसका साथै उनले कार्यक्रममा आफ्नो प्रस्तुति दिन पनि रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?