६ वर्षीय बच्चाको आम्दानी १ अर्बभन्दा बढी ! (भिडियो सहित)

एक ६ वर्षीया बालकले कति कमाउन सक्लान ? तपाईको उत्तर यति सानो उमेरमा काम नै गर्न सक्दैनन् भन्ने हुनसक्छ तर नन्हे रेयान हरेक वर्ष युट्युब खेलौनाको रिभ्यु गर्दछन्, र यसको बदलामा ठूलो रकमको आम्दानी पनि गरिरहेका छन् । रेयानले गत वर्ष ११ मिलियन डलर कमाई गरेका थिए । जसको नेपाली रुपैयाअनुसार १ अर्ब १३ करोड ५८ लाख ६० हजार हुन आउँछ यसको कारण भनेको रेयानको भिडियो युट्युबमा करोडौं मानिसहरुले हेर्ने गर्दछन् । ६ बर्षका यी बालकले रेयान टोएज रिभ्यु नामबाट एक युट्युब च्यानल चलाउँछन् यो युट्युब च्यानलका माध्यमबाट रेयान आफ्ना दर्शकलाई खेलौनाको दुनियामा लैजाने गर्दछन् । फोब्र्स म्यागाजिनले उनलाई सन् २०१७ मा संसारकै सबैभन्दा बढी भुक्तानी पाउने व्यक्तिको सूचीमा राखेको थियो सन् २०१५ मा सुरु भएको रेयान टोए रिभ्युका भिडियो १६ अर्बभन्दा बढीले हेरिसकेका छन् । तर यति चर्चित हुनुका बाबजुद रेयानका बारेमा संसारलाई जानकारी छैन । उनको पूरा नाम के हो र उनी कहाँ बस्छन् जस्ता कुराको उत्तर कम मानिसलाई मात्रै थाहा छ । केवल यति मात्रै थाहा छ कि उनी अमेरिकी हुन् हालै वासिंगटन पोस्टलाई दिएको अन्तर्वार्तामा रेयानकी आमाले भनेकी छन्, ‘युट्युब च्यानलबारे उनी तीन वर्षको हुँदा हामीलाई मनमा आयो । रेयान सोनो उमेरदेखि नै खेलौनाको रिभ्युवाला टेलिभिजन च्यानल धेरै हेर्दथे ।’रेयानकी आमाले आफ्नो पहिचान नखुलाउने शर्तमा भनिन्, ‘एक दिन मलाई रेयानले सोध्यो कि म अरु बच्चाजस्तो युट्युबमा किन छैन । त्यसबेला मैले हामी पनि यो गर्न सक्छौं भनेर उत्तर दिए । हामी खेलौनाको एक पसलमा गयौं, खरिद गर्‍यौं र त्यहीबाट सुरु गर्‍यौं ।’रियानको एक भिडियो ८० करोडभन्दा बढीले हेरेका छन् । मार्च २०१५ देखि सुरु भएको उनको युट्युब च्यानलमा जनवरी २०१६ सम्ममा १० लाखभन्दा बढी सब्सक्राइबर्स आए । अहिले उनको च्यानलमा १ करोडभन्दा बढी सब्सक्राइबर्स रहेका छन् https://youtu.be/MQONIUxxdxk 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?