उत्तर कोरिया वार्ताका लागि इच्छुक भए राष्ट्रसंघले सघाउने

एजेन्सी । संयुक्त राष्ट्रसंघका राजनीतिक मामलिा प्रमुख जेफ्री फेल्टमेनले उत्तर कोरियाली अधिकारीहरुले आफूसँगको छलफलमा कोरियाली प्रायद्वीपमा युद्ध चाहेको बताएका छन् प्योङयाङमा उत्तर कोरिया र राष्ट्रसंघको सचिवालयका उच्च अधिकारीहरुबीच विगत आठ वर्षयता भएको यो पहिलो गम्भीर राजनीतिक वार्तामा उत्तर कोरियाले यस्तो धारणा व्यक्त गरेको उनको भनाइ छ उनले उत्तर कोरियालाई वार्ता गर्न तयार भए त्यसको संकेत दिन पनि आग्रह गरेका छन् प्योङयाङका अधिकारीहरुले कुनै प्रतिबद्धता नजनाएको तर वार्तालाई निरन्तरता दिन सहमति जनाएको बताइएको छ पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख फेल्टमेनले कसरी युद्ध रोक्ने भन्नेबारे उत्तर कोरियाली अधिकारीहरुसँग १५ घण्टा वार्ता गरेको बताए उनले अहिलेको विश्वमा कोरियाली प्रायद्वीपको अवस्था सबैभन्दा तनावपूर्ण र खतरनाक रहेको र युद्ध रोक्नु महत्वपूर्ण रहेको भन्नेमा दुवै पक्ष सहमत भएको जानकारी दिए उनले उत्तर कोरिया वार्ताका लागि इच्छुक भए त्यसका लागि राष्ट्रसंघले सघाउन सक्ने पनि उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?