आन्तरिक उडानको भाडा बढ्यो, यस्तो छ नयाँ भाडादर

काठमाडौँ, २४ मंसिर- वायु सेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि विमानसेवा कम्पनीले पनि हवाई भाडा बढाउनुपरेको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु चार वा सोभन्दा बढी घटबढ भएमा त्यहीअनुसार भाडा घटाउन तथा बढाउन सक्ने व्यवस्थाअनुसार बढाउने निर्णय भएको छ यही २२ गते निगमले आन्तरिक इन्धनको मूल्य प्रतिलिटर रु पाँच बढाएको थियो । संघका अनुसार धनगढीका लागि सबैभन्दा धेरै भाडा प्रतियात्रु रु २२० बढेको छ । यसअघि पुरानो भाडादर रु १२ हजार १०० रहेकामा अब १२ हजार ३२० कायम भएको छ । त्यस्तै सिमराका लागि सबैभन्दा कम प्रतियात्रु रु ४५ ले भाडा बढेको छ । पुरानो भाडा रु तीन हजार ९५० रहेकामा अब चार हजार १० कायम भएको छ । भाडा सूचीसहित तल उल्लेख गरिएको छ ः स्थान पुरानो भाडादर बढेको शुल्क नयाँ भाडादर माउण्टेन १० हजार ८५० १७० ११ हजार २० पोखरा चार हजार ६५० ८० चार हजार ७३० भैरहवा पाँच हजार ९५० १०५ छ हजार ५५ भरतपुर तीन हजार ४५० ५५ तीन हजार ५०५ विराटनगर सात हजार १०० १२० सात हजार २२० नेपालगञ्ज नौ हजार ४०० १६५ नौ हजार ५६५ भद्रपुर आठ हजार ६०० १५० आठ हजार ७५० धनगढी १२ हजार १०० २२० १२ हजार ३२० जनकपुर तीन हजार ९५० ६० चार हजार १० सिमरा तनी हजार पाँच ४५ तीन हजार ४५ तुम्लिङटार पाँच हजार ६२५ ९५ पाँच हजार ७२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?