मध्यराती १२ बजेको अपडेटः ५८ क्षेत्रको नतिजा आयो, एमाले पहिलो

काठमाडौँ २४ मंसिर-प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ शनिबार रात ि१२ बजेसम्ममा ५८ क्षेत्रको अन्तिम नतिजा आएको छ । जसमा एमाले पहिलो स्थानमा रहेको छ । उसले ३३ क्षेत्रमा जित हासिल गर्दै अग्रता लिएको छ दोस्रोमा माओवादी केन्द्र बनेको छ । उसले १५ क्षेत्रमा आफ्नो जीत दर्ता गराएको छ । त्यस्तै नेपाली कांग्रेस ६ क्षेत्रमा विजयी भएको छ भने संघीय समाजबादी फोरम १, राजपा १ र स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन् । १६५ निर्वाचन क्षेत्रमा निर्वाचन भएको हो यस्तै चितवन निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधी सभा सदस्यमा बाम गठबन्धनका उम्मेदावार पुष्पकमल दहाल प्रचण्ड ११,५८८ मत ल्याउदै अग्रता कायम गरेका छन् । उनका प्रतिश्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ७ हजार ३३९ मत ल्याएका छन् । राति १२ बजेसम्मको अपडेटअनुसार प्रचण्ड र पाण्डेबीचको मतान्तर ४ हजार २ सय ४९ मत रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?