पुरुषको तुलनामा राम्रा हुन सक्छन् महिला चालक !

लण्डन, ५ मंसिर । पुरुष राम्रा चालक हुन र महिलाले त्यो कठिन काम गर्न सक्दैनन् भन्ने आम धारणा रहेको पाईन्छ यद्यपि पछिल्लो एक अध्ययनलाई आधार मान्ने हो भने यो दावी गलत सावित हुनसक्छ । यसमा सवारी चलाइरहेका बेला महिला पुरुष चालकको तुलनामा कम विचलित हुने र सवारी दुर्घटना हुने सम्भावना पनि कम हुने दाबी गरिएको छ अनुसन्धानकर्ताका अनुसार युवक र बहिर्मुखी या नर्भस हुने कुनै पनि समस्याबाट ग्रस्त व्यक्तिहरुमा सवारी चलाउने क्रममा ध्यान भंग हुने सम्भावना बढी हुन्छ नर्वेको इन्स्टिट्यट अफ इकोनोमिक्सका ओले जोन्सनले हाइस्कुलका छात्र र वयस्कको एक ठूलो समूहमा सर्वेक्षण गरेका थिए । सर्वेक्षणमा विभिन्न समय समेत सामेल गरिएको थियो । यी हरेक क्षणमा कति प्रकारका र कति पटक विचलित भएको पाइयो भन्ने समेत अध्ययन गरिएको छ ‘फ्रन्टियर्स इन फिजियोलोजी’ जर्नलमा प्रकाशित अध्ययनमा जोन्सनले भनेका छन्, ‘मैले युवक सवारी चलाउँदाको समयमा विचलित हुने सम्भावना बढी पाएको छु ।’ उनले महिला सवारी चलाउँदाको समयमा विचलित हुने सम्भावना पुरुषको तुलनामा कम हुने पनि उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?