काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज आइतबार सुन तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य शुक्रबारको भन्दा दुई हजार ८०० रुपैयाँले कम हो ।
शुक्रबार सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँले घटेर दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज आइतबार चाँदी तोलाको ३ हजार ६५ रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य शुक्रबारको भन्दा ४५ रुपैयाँले कम हो । चाँदी शुक्रबार तीन हजार ११० रूपैयाँमा किनबेच भएको थियो । बिहीबार भने प्रतितोला तीन हजार ३३५ रूपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?















