राप्रपाको अध्यक्षमा उठ्ने ज्ञानेन्द्र शाहीको घोषणा

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले आगामी महाधिवेशनमा केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज आफ्ना एजेण्डा प्रस्तुत गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत शाहीले अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । उनले सबैलाई समेट्दै आफूले उम्मेदवारी घोषणा गरेको बताए ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय महाधिवेशनमा सबैलाई समेट्दै पार्टी अध्यक्षको उम्मेदवारका रुपमा अघि बढ्ने निर्णयमा हामी पुगेका छौँ र हामी हामी तपाईँ सबैलाई अपिल गर्न चाहन्छौँ,’ उनले भनेका छन् ।

उनले आफ्नो घोषणा व्यक्तिगत पद प्राप्तिको अभियान नभएर पार्टीको पुस्तान्तरणसँगै रुपान्तरण र रुपान्तरणसँगै वैचारिक पुनर्जागरणको अभियान रहेको बताए ।

‘यो मेरो व्यक्तिगत पद प्राप्तिको अभियान होइन, यो पार्टीको पुस्तान्तरण, रुपान्तरण र वैचारिक पुनर्जागरणको अभियान हो,’ उनले भनेका छन् ।

यसैगरी नेता शाहीले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई सर्वोच्च नेता भएर अभिभावकीय भूमिकामा बस्न समेत आग्रह गरे । साथै गत निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोर्नु परेको विषयमा कटाक्ष गरे ।

०७९ सालको निर्वाचनपछि पार्टीले आफ्नो मुल एजेण्डा बिर्सिएको भन्दै उनले त्यसैको असर गत निर्वाचनमा देखिएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?