काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार १ः४५ बजे नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत भारतको राजकीय भ्रमणमा जानेछन् ।
परराष्ट्रसचिव अमृतबहादुर राईका अनुसार, भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत सहभागी हुनेछन् ।
प्रधानमन्त्रीको भ्रमण दलमा ३४ सदस्य सहभागी हुनेछन् । यद्यपि, भारतमा पछि व्यक्ति थपिने छन् ।
भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय टोली सहभागी हुनेछ । उनीहरू भने आफ्नै खर्चमा भारत जान लागेका हुन् ।
यस्तै, निजी खर्चमै केही सञ्चारकर्मी पनि भ्रमण टोलीमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई दिने भारत भ्रमण सकेर उनी सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया