नेपाली इटा उद्योगमा भित्रियो आधुनिक प्रविधि, ६ करोड डलर बराबरको कार्बन फाइनान्सिङको घोषणा

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा इटा उत्पादनको परम्परागत प्रविधिलाई हटाउँदै प्रविधिमैत्री बनाउने नयाँ प्रविधि नेपाल भित्रिएको छ ।

गुड ब्रिक्स टेक्नोलोजीको प्रवर्द्धक दक्षिण कोरियाको जलवायु प्रविधि कम्पनी इनो सीएसआर र दिवाकर गोल्छा अर्गनाइजेसनको लगानी रहेको हुलास इको ब्रिक्सबिच सहमति भएको हो । उक्त सहमति अनुसार नेपालको परम्परागत इटा उद्योगलाई रुपान्तरण गर्ने उदेश्यसहित ६ करोड अमेरिकी बराबरको महत्वपूर्ण कार्बन फाइनान्सिङ पहलको घोषणा गरिएको छ ।

यो घोषणाले नेपाल र दक्षिण कोरिया सरकारबीच जलवायु परिवर्तनसम्बन्धी सहयोगका लागि रुपरेखा सम्झौता भएको केही समयपछि आएको हो ।

यस पहलले आगामी सन २०३० सम्ममा ३०० वटा उत्पादन केन्द्रहरुमा गुड ब्रिक्स टेक्नोलोजी लागू गर्नु रहेको बताइएको छ । यस अन्तर्गत सहभागि उत्पादकहरुलाई प्रति केन्द्र २ लाख अमेरिकी डलर बराबरको हाइड्रोलिक इटा प्रेस मेसिनरी र बजारसम्बन्धी सहयोग उलपब्ध गराइनेछ ।

भविष्यमा प्राप्त हुने कार्वन क्रेडिटको उपयोग गरेर यो कार्यक्रमले स्थानीय उत्पादनहरुले सुरुमा गर्नुपर्ने लगानीको भारलाई उल्लेखनीय रुपमा घटाउने विश्वास गरिएको छ । यसका लागि आवश्यक कार्वन फाइनान्सिङ, एशियाली विकास बैंक, एनएच इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटी र कोरिया वेस्टर्न पावर जस्ता प्रमुख अन्तर्राष्ट्रिय लगानीकर्तहरुबाट जुटाइनेछ ।

गुड ब्रिक्स टेक्नोलोजी अपनाएर उत्पादकहरुले परम्परागत इटा उत्पादनलाई असर गर्ने बढ्दो कडा वातावरणीय आवश्यक्ताहरुको लागि तयार गर्दै आफ्नो दीर्घकालीन प्रतिष्पर्धात्मकतालाई बलियो बनाउने सक्ने बताइएको छ ।
पूर्ण क्षमतामा, योजनावद्ध नेटवर्कले वार्षिक लगभग ३ अर्ब गैरइटाहरु उत्पादन गर्न सक्छ, जसले गर्दा परम्परागत इटा उत्पादनको तुलनामा प्रतिवर्ष १.५ मिलनियन टन सीओटू उत्सर्जनबाट बच्न सकिन्न्छ ।

‘स्वच्छ प्रविधिको विकास गर्नु केवल आधा चुनौती हो । वास्तविक सफलता भनेको यसलाई व्यवस्थित उद्योगमा व्यवसायीक रुपमा पहुँचयोग्य बनाउनु हो,’ इनो सीएसआरका संस्थापक एवं सीईओ साम युनसुक लीले भने, ‘कार्बन वित्त, प्रमाणित प्रविधि र बलियो स्थानीय साझेदारीलाई संयोजन गरेर नेपालले कसरी सम्पूर्ण उद्योग दिगो उत्पादनमा रुपान्तरण गर्न सक्न भनेर प्रर्दशन गर्न सक्छ ।’

यसरी हुनेछ नेपाली इटा उद्योगको रुपान्तरण

परम्परागत कोइलाबाट चल्ने इटाहरु भन्दा फरक, स्थानीय रुपमा उपलब्ध माटो, सीमेन्ट र इनो सीएसआरको गुड सोइल स्टेबिलाइजर प्रयोग गरेर इटाहरु उत्पादन गरिने बताइएको छ । हाइड्रोलिक मेसिनरीले सामग्रीहरुलाई कम्प्रेस गर्छ, भट्टीमा फायरिङको आवश्यक्तालाई हटाउँछ ।

दिवाकर गोल्छा अर्गनाइजेसनका निर्देशक हितेश गोल्छाले भने, ‘यो साँझेदारीको मुख्य उदेश्य नेपाली उद्यमीहरुका लागि आधुनिक इटा उत्पादन प्रविधिलाई पहुँचयोग्य बनाउनु हो । हामी मिलेर एउटा यस्तो स्वच्छ र प्रतिष्पर्धी इटा उद्योग निर्माण गर्न चाहन्छौँ, जसबाट व्यवसाय र वातावरण दुवैलाई फाइदा पुगोस् ।’

अन्तर्राष्ट्रिय कार्बन वित्तलाई स्थानीय उत्पादनसँग जोड्दै यो कार्यक्रम नेपालको सबैभन्दा ठूलो औद्योगिक कार्बन वित्त पहलहरुमध्ये एक बन्ने लक्ष्य राख्दछ । यसले नेपाललाई जलवायुमैत्री निर्माण सामग्रीको क्षेत्रमा एक क्षेत्रीय अगुवाका रुपमा स्थापित गर्ने विश्वास लिइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?