लागुऔषधसहित पाँच जना पक्राउ

लोकपथ
259
Shares

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–४ बाट दुई, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बाङ्गेबाट एक र बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीबाट दुई जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफासिरमा मात्र खरिद गर्न पाइने औषधि ट्रामाडोल र स्पास्पेन बरामद गरेको छ ।

यस्तै, प्रहरीले सिराहा र सप्तरीको सीमा क्षेत्र सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट करिब २३१ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहान सिराहा र प्रहरी चौकी बेल्ही सप्तरीबाट खटिएको प्रहरीले सात पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारेको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?