सशस्त्र प्रहरीद्वारा आज काठमाडौं, ललितपुर र भक्तपुरमा निःशुल्क बससेवा सञ्चालन, यस्तो छ रुट

लोकपथ
28
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले तिहारको भाइटीकाको दिन आज काठमाडौं उपत्यकामा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि ३ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।

आज सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पु¥याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा काठमाडौं, ललितपुर र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।

सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं र भक्तपुरमा सञ्चालन गर्ने निःशुल्क बस सेवा आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

काठमाडौं उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर, नयाँ बसपार्क हुँदै विभिन्न ठाउँका यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।

यस्तै प्रधान कार्यालय स्वयम्भुदेखि भक्तपुरसम्म चल्ने बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर , पेप्सीकोला, सानोठिमी, पुरानो ठिमी, सल्लाघारी, लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी, स्वयम्भूसम्म सेवा दिनेछ ।

दशैँको समयमा समेत सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?