सुर्खेतमा जुवा खालबाट ५५ जना पक्राउ, साढे १२ लाख बढी बरामद

लोकपथ
21
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाबाट जुवातास खेलिरहेको अवस्थामा ५५ जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी क गण सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

संयुक्त टोलीले विभिन्न स्थानमा पुगेर खानतलासी गरेको थियो । सो क्रममा जुवा खालबाट १२ लाख ३२ हजार ८ सय ४५ र भारतीय रुपैयाँ १३ हजार १ सय २५ रुपैयाँ अर्थात् नेपाली रुपैयाँ २१ हजार रुपैयाँ गरी १२ लाख ५३ हजार ८ सय ४५ र जुवा खालमा रहेको ५२ पत्तिको ५३ गड्डी तास समेत बरामद गरेको छ । उनीहरुलाई जुवातास खेल्ने र सट्टेवाजी गर्न नहुने कसुरमा पक्राउ गरिएको .र त्यससम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यी हुन् पक्राउ पर्नेहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?