तीन जना सवार मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुर्घटना, तीनै जनाको मृत्यु

लोकपथ
4.9k
Shares

काठमाडौं । नुवाकोटमा मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान १०ः५५ बजेको समयमा विदुर नगरपालिका–९ खड्कथोक भन्ने स्थानमा मोटरसाइकल दुर्घटना भएको हो ।

तीन जना सवार मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडकबाट १०० मिटर तल खसेको थियो ।

मृत्यु हुनेहरुमा धादिङको खनियाबास गाउँपालिका–३ घर भइ हाल नुवाकोट बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ, नुवाकोट विदुर नगरपालिका–१३ की ३१ वर्षीया बिन्दा थापामगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापामगर रहेकी छन् । उनीहरुको उपचारका क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको हो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?