काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण लाइन भूमिगत गर्ने कामका लागि आज काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् सेवा बन्द गर्ने भएको छ ।
प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतको कामका क्रममा बाफल फिडरबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा बिहान १०: ३० बजेदेखि दिउँसो ४:०० बजेसम्म बत्ती जानेछ ।
यसबाट कलङ्की रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्मका क्षेत्र प्रभावित हुनेछन् ।
प्राधिकरणले काम तोकिएको समयभन्दा अगाडि नै सकिएमा विद्युत् सेवा पनि छिट्टै सञ्चालनमा आउने जनाएको छ। त्यस्तै, मौसम खराब भएमा विद्युत् कटौतीको समय परिवर्तन हुन वा कार्यक्रम रद्द हुन सक्नेछ ।
विद्युत् सेवा बन्द हुँदा उपभोक्तालाई पर्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया