काठमाडौं । आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने भएको छ ।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले आज बिहीबार सार्वजनिक सूचना जारी गर्दै यो विषयमा जानकारी गराएको हो
सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाअनुसार सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्ग अनुसार शुल्क लिने व्यवस्था गरिएको प्रकाशित सूचनामा उल्लेख छ ।
जारी सूचना अनुसार वर्ग १ अर्थात कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारी साधन काठमाडौं प्रवेश गर्दा ६५ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्ने छ ।
यसैगरी वर्ग २ अर्थात मिनी बस, मिनी टिपर÷ट्रक काठमाडौँ प्रवेश गर्दा ११५ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क लाग्नेछ ।
यसैगरी वर्ग ३ अर्थात बस, ट्रक काठमाडौँ प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ ।
वर्ग ४ अर्थात मल्टी एक्सल ट्रक/सवारी साधन, भारी उपकरण काठमाडौँ प्रवेश गर्दा ६०० र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया