काठमाडौं । दशैँ सकिए लगत्तै काठमाडौंमा कुखुरा मासुको भाउमा गिरावट आएको छ ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले भोलि सोमबारदेखि लागु हुने गरी जिउँदो कुखुरा र तयारी मासु दुवैको भाउ घटाएको हो ।
संघका अनुसार जिउँदो कुखुराको भाउ प्रतिकिलो १० रुपैयाँ घटेको छ । दशैँअघि प्रतिकिलो २ सय ९० रुपैयाँमा बिक्री भइरहेको जिउँदो कुखुराको भाउ अब २ सय ८० रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी तयारी मासुको भाउ पनि प्रतिकिलो १५ रुपैयाँले सस्तिएको छ । यसअघि ४ सय रुपैयाँमा बिक्री हुँदै आएको तयारी मासु ३ सय ८५ रुपैयाँ तोकिएको संघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया