काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत महामन्त्री र उपसभापतिको मतगणना अन्तिम चरणमा पुगेको छ ।
६ हजार मतको गणना हुँदा महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेलले आफ्नो जित सुनिश्चित गरेका छन् । पौडेलले ३ हजार ४ सय ९४ मत प्राप्त गरेका छन् ।
यसैगरी खुलातर्फ प्रतिष्पर्धा गरेका उदय शमशेर राणा र डा. सुनिल शर्माबिच कडा टक्कर देखिएको छ ।
सुनिल शर्माले १८ सय ८७ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका राणाले १९ सय ५६ मत प्राप्त गरेका छन् । उनीहरुबिचको मतान्तर ६९ मात्रै रहेको छ ।
कांग्रेसको तीन महामन्त्रीमा खुलाबाट २ र महिला एक चयन हुँदैछन् । महिलातर्फ डिला संग्रौला पन्तले अग्रता कायम गरिरहेकी छन् । उनले २ हजार ६ सय ९ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्धन्द्धी महालक्ष्मी उपाध्याय डिनाले २४ सय ४२ मत प्राप्त गरेकी छन् ।
यता उपसभापतिमा डा.चन्द्रकान्त भण्डारी –चन्द्र भण्डारी) ले अग्रता कायम गर्दै जिततर्फ अघि बढेका छन् ।
भण्डारीले ३१ सय ६ मत प्राप्त गरेका छन् । दोस्रोमा ई. मधु आचार्य रहेका छन्, उनले हालसम्म १९ सय २० मत प्राप्त गरेका छन् । तेस्रोमा गोविन्द भट्टराईले १५ सय ६६ मत प्राप्त गरेका छन् ।
समावेशीतर्फ उपसभापतिका उम्मेदवार रहेका जीवन परियार र विनोद चौधरीबिच कडा प्रतिष्पर्धा देखिएको छ । परियारले १४१२ मत प्राप्त गर्दा चौधरीले १४८६ मत प्राप्त गरेका छन् ।
मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया