बूढीगण्डकी बाढी : ३ वटा हाइड्रोमा क्षति, २६ वटा घर बगे

लोकपथ
0
Shares

काठमाडौं । आइतबार गोरखास्थित बूढीगण्डकी नदीमा एक्कासी आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार नदी तटीय क्षेत्रमा रहेका २६ वटा घरमा क्षति पुगेको छ । यसैगरी ९ वटा गोठ र ३ वटा हाइड्रोपावरमा क्षति पुगेको छ ।

बाढीका कारण २ वटा पक्की मोटरेलव पुल र २ वटा झोलुङ्गे पुल बगेका छन् ।

हालसम्म ४८ जनाको उद्धार गरिएको छ भने ५ जना बाढीमा बेपत्ता भएका छन् । उद्धार, राहत र पुनस्थापनाका लागि ५ सय ३८ जना प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?