पछि हटे देवराज चालिसे : उपसभापतिको उम्मेदवारी फिर्ता लिए

लोकपथ
273
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला उपसभापति पदका उम्मेदवार देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

चालिसेले बुधबार अपरान्ह उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

सभापति गगन थापाको आग्रहमा आफूले उम्मेदवारी फिर्ता लिएको चालिसेले बताएका छन् । उनले मंगलबार खुला उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए ।

यसअघि कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठोरले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?