काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहानबाट मतदान सुरु हुँदैछ ।
कांग्रेसको निर्वाचन समितिका अनुसार आज उम्मेदवारी फिर्तादेखि प्रचारप्रसारको समय दिइएको छ ।
भोलि बिहान ७ः३० बजेदेखिबाट साँझ ५ बजेसम्म मतदानको समय दिइएको छ ।
असोज १८ गते आइतबार काठमाडौंको खुला मञ्चमा उद्घाटन भएको महाधिवेशन अन्तर्गत मतदान भने ३ स्थानमा हुनेछ ।
बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा व्यवस्था गरिनेछ । जसलाई मतदान केन्द्र ‘क’ भनिएको छ ।
यसैगरी मतदान केन्द्र ‘ख’ खुला मञ्चमा बनाइनेछ । जसमा कोशी प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेश र भ्रातृ तथा शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई व्यवस्था गरिनेछ ।
यसैगरी मतदान केन्द्र ‘ग’ अन्तर्गत प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा मतदानको व्यवस्थापन गरिएको छ । जहाँ गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिहरुका लागि व्यवस्थापन गरिएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनका लागि देशभरबाट ७ हजार १ सय १४ महाधिवेशन प्रतिनिधिहरु आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया