साई कृपा गोल्ड चियामा दुषित वस्तु मिसावट भेटियो, बिक्री वितरणमा रोक

लोकपथ
28
Shares

काठमाडौं । साई कृपा गोल्ड चियामा दुषित खाद्य पदार्थ भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमनका क्रममा चियामा दुषित पदार्थ मिसावट भेटिएपछि तत्कालका लागि बिक्री वितरणमा रोक लगाइएको छ ।

विभागले ब्याच नं 83.D.05 का सबै उत्पादनहरुलाई बजारबाट फिर्ता बोलाउन निर्देशन दिएको छ ।

उक्त ब्याचका चियाको उत्पादन मिति ०२६ जुलाई भई उत्पादनको १८ महिनासम्म उपभोग गर्न मिल्ने बताइएको थियो ।

साई कृपा गोल्ड चिया रुपन्देहीबाट उत्पादन हुँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?