चोरखोलामा मध्यराति बसमाथि खस्यो ढुंगा, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

लोकपथ
77
Shares

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा सडक माथिबाट ढुंगा खस्दा बसमा सवार चार जना घाइते भएका छन् ।

मंगलबार राति करिब १ः३० बजे चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु।प।प्र। ०१–००१ ख ३७७० नम्बरको बसमाथि अचानक सडक माथिबाट ढुंगा खसेको थियो ।

ढुंगा खसेपछि बसमा सवार ३० जनामध्ये चार जना सिटले च्यापिएर घाइते भएका थिए । घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं.२९ ज्वालामाई गण दाङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम थापाको कमान्डमा टोली घटनास्थल पुगेको थियो । टोलीले सिटले च्यापिएका चारै जनाको उद्धार गरेको हो ।

उद्धार गरिएकामा बर्दियाको गेरुवा गाउँपालिका–२ का ३७ वर्षीय द्ववारीका प्रसाद थारु र ३५ वर्षीय सुरेशलाल थारु, चितवनको भरतपुर महानगरपालिका–११ की २० वर्षीया सलिना सुनार तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की ४० वर्षीया भगवती कँडेल रहेका छन् ।

उनीहरूलाई उपचारका लागि दाङस्थित भालुवाङ अस्पताल पुर्‍याइएको छ । प्रहरीका अनुसार घाइते चारै जनाको अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?