काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
सामाखुसी फुटसल ग्राउन्डमा भएको प्रतियोगितामा विभिन्न बीमा कम्पनीका टोलीले सहभागिता जनाएका थिए । सहभागी टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतियोगितालाई रोमाञ्चक बनाएका थिए ।
प्रतियोगिताको फाइनलमा हिमालयन एभरेस्ट इन्स्योरेन्सले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई ५–२ गोलले पराजित गर्दै उपाधि जितेको छ ।
प्रतियोगितामा हिमालयन एभरेस्ट इन्स्योरेन्सका दिनेश कुमार सिंह ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । सोही टोलीका सुनिल थापा उत्कृष्ट डिफेन्डर बने ।
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका रोशन बुढाथोकी सर्वाधिक गोलकर्ता र सुजन घिमिरे उत्कृष्ट गोलकिपर घोषित भए ।
समापन समारोहमा नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष चन्द्रसिंह साउद र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले विजेता तथा उपविजेता टोलीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया