काठमाडौं । हिजो सोमबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा भएको बस आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।
हिजो मध्यान्ह ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा घाइते भएका उनलाई सुरक्षाकर्मी र स्थानीयले गाडीबाट निकालेर तत्कालै कीर्तिपुर अस्पताल पुर्याएका थिए । उनको शरीको ९० प्रतिशत भाग जलेको बताइएको थियो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले मृतकको नाम र ठेगाना अझै खुल्न बाँकी रहेको बताए ।
उनको साथमा रहेको लाइसेन्सको आधारमा प्रहरीले चालक दावा लामा बताएको थियो । तर, दावाले लाइसेन्सवाला दावा आफू भएको र सकुशल रहेको बताएका थिए । मृतक चालकले लाइसेन्सको दुरूपयोग गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया