इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा सीडीओका स्वकीय सचिवसहित दुई जनाको मृत्यु

लोकपथ
182
Shares

इटहरी । इटहरीमा गए राति भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी–७ र १७ को सिमानामा रहेको कल्भर्टमा अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा परी इनरुवा–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सागर सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)का स्वकीयको रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । उनी जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी थिए ।

जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी रहेका पारसले भने केही समयअघि राजीनामा दिएका थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमालले बिहान २ बजे दुर्घटना भएको र घाइते भएका दुबैलाई उपचारका लागि लगत्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनीहरुलाई बिहान ५ बजे अस्पतालले मृत घोषणा गरेको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?