काठमाडौं । ग्यास बिक्रेता महासंघले संकटको मौका छोपेर बढी मूल्यमा ग्यास बिक्री गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
बजारमा ग्यासको अभाव भइरहेका बेला कृतिम अभाव सिर्जना गरी बढी मूल्य लिएर वितरण गरेको आरोपमा केही व्यक्तिहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
महासंघका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद दुलालले अभावको मौका छोपी बढी मूल्यमा ग्यास बिक्री गर्नेलाई कारबाही गर्न माग गरेको हो ।
‘विषम परिस्थितिमा उपभोक्तालाई अनुचित मूल्य लिई खाना पकाउने ग्यास लगायत अन्य उपभोग्य वस्तु बिक्री गर्नु दण्डनीय कार्य भएकोले आम बिक्रेतालाई प्राप्त भएको ग्यास वास्तविक समस्या परेका उपभोक्तालाई प्राथमिकतामा राखेर बिक्री वितरण गर्न ग्यास बिक्रेता महासंघ अपिल गर्दछ,’ महासंघले भनेको छ, ‘साथै सरकारले तोकेको बिक्री दररेट भन्दा बढीमा बिक्री वितरण गरी अनुचित लाभ लिने जो कोहीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’
केही महिनादेखि काठमाडौं उपत्यका लगायतका जिल्लामा ग्यास अभाव देखिएको छ । बाढीपछि पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा प्रयाप्त मात्रामा ग्यास काठमाडौं आउन नसक्दा थप समस्या सिर्जना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया