युवाको आक्रोशलाई राष्ट्र निर्माणमा बदलौँ, निराशा नफैलाऔँ : रवि लामिछाने

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलन परम्परागत राजनीतिक शैलीप्रतिको अस्वीकार भएको बताएका छन् ।

भदौ २३ र २४ गते भएको आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई युवाहरूको स्वतःस्फूर्त जागरण भएको बताएका हुन् ।

उनले आन्दोलनमा ज्यान गुमाउने युवाहरू र कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले यस्तो घटना फेरि कहिल्यै दोहोरिन नहुने बताएका छन् ।

लामिछानेले आन्दोलनका घाइतेको उपचार, दीर्घकालीन पुनर्स्थापना र सहिद परिवारको उचित हेरचाह राज्यको जिम्मेवारी भएको बताएका छन् ।

उनले नागरिक समाज र आम नागरिकलाई सरकार तथा राजनीतिक दलको कामबारे निरन्तर खबरदारी गर्न पनि आग्रह गरेका छन् । साथै, नागरिकको आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा बदल्न सबै एकजुट हुनुपर्ने उनको भनाइ छ ।

लामिछानेले जेनजी आन्दोलनले उठाएका विधिको शासन, समानतामा आधारित समृद्धि र राष्ट्रिय स्वाभिमानका मुद्दाबाट आफूहरू पछि नहट्ने प्रतिबद्धता पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?