पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

लोकपथ
0
Shares
फाइल तस्बिर

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको उनले जानकारी बताए । पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?