जलविद्युत आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेको देखिन्छ : नेपाली सेना

लोकपथ
42
Shares

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको हुनसक्ने नेपाली सेनाले अनुमान गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवाशजंग थापाले सुरुङभित्र १२१ जना पसेको तथ्य देखिएको बताएका हुन् ।

उनका अनुसार सबै सुरुङको खोजी र उद्धारको काम पूरा नभएसम्म नेपाली सेनाले खोजी जारी राख्नेछ ।

‘१२१ जना मात्रै टनेलभित्र पसेको तथ्य देखिन्छ,’ सहायक रथी थापाले भने, ‘जबसम्म सबै टनेल ब्रेकथ्रु हुँदैन, तबसम्म हामी खोजी तथा उद्धारको काम जारी राख्छौँ ।’

उनले जलविद्युत आयोजनामा काम गर्ने केही मानिस बाढीका कारण सुरुङबाहिर पनि परेको हुनसक्ने बताए ।

सहायक रथी थापाका अनुसार जलविद्युत आयोजनाका सुरुङमा भएको क्षतिको अवस्था हेर्दा बाढी र लेदो करिब १८० किलोमिटर प्रतिघण्टाको गतिमा आएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?