सुरुङबाट उद्धार गरिएको चिनियाँ नागरिकलाई काठमाडौं ल्याइयो

लोकपथ
63
Shares

काठमाडौं । रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका एक चिनियाँ नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सुरुङमा फसेका उनलाई बाढी आएको ११औँ दिन आज (शनिबार) उद्धार गरिएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयका अनुसार उनलाई माथिल्लो त्रिशूली–१ को २१६ मेगावाट क्षमताको आयोजनाको अडिट–४ सुरुङबाट उद्धार गरिएको हो ।

नेपाली सेना र दक्षिण कोरियाका विपद् विज्ञको टोलीले शनिबार दिउँसो उनको उद्धार गरेको थियो । उद्धारपछि उनलाई उपचारका लागि काठमाडौंस्थित छाउनीको वीरेन्द्र अस्पतालमा ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?