बाढी गएको ११ दिनपछि माथिल्लो त्रिशूली–१ को टनेलबाट एक चिनियाँ नागरिकको सकुशल उद्धार

लोकपथ
56
Shares

काठमाडौं । बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।

नेपाली सेना र दक्षिण कोरियाली विपद् विज्ञ टोलीले केहीबेरअघि टनेलभित्र रहेका चिनियाँ नागरिकको उद्धार गरेको हो ।

उद्धार गरिएका उनलाई नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकमा ल्याइँदैछ ।

बाढी आएको ११औँ दिनमा टनेलबाट उनको उद्धार गरिएको हो । 216 मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजना बाढीका कारण प्रभावित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?