काठमाडौं । प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्डबाहकले भारतको गुरुग्रामस्थित मेदान्ता–द मेडिसिटी अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन् ।
यससम्बन्धी सम्झौता प्रभु बैंक र मेदान्ता–द मेडिसिटी अस्पतालबीच भएको हो । सम्झौताअनुसार अस्पतालको प्रचलित दरमा बहिरंग सेवा (ओपीडी) अन्तर्गतका सबै परामर्श, प्रयोगशाला तथा रेडियोलोजी जाँचमा १५ प्रतिशत छुट दिइनेछ ।
त्यस्तै, अन्तरंग सेवाअन्तर्गत कोठाको भाडा तथा प्रयोगशाला र रेडियोलोजी जाँचमा पनि अस्पतालको प्रचलित दरमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी अस्पतालका प्रमुख–कर्पोरेट साझेदारी सत्य चतुर्वेदी र प्रभु बैंकका कन्ट्री हेड सुनिल मिश्राले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
सम्झौता १५ अगस्ट २०२६ देखि लागू भई १४ अगस्ट २०२८ सम्म कायम रहनेछ ।
प्रभु बैंकले नेपालभर ३०० शाखा, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया