बेलकोटगढी नगरपालिकाले तत्कालका लागि बाढी प्रभावितलाई प्रति परिवारलाई २५ हजार उपलब्ध गराउने

लोकपथ
294
Shares

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिकाले बाढी प्रभावित नगरवासीलाई तत्कालका लागि राहतस्वरुप प्रतिपरिवार २५ हजार उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको वडा नं ७ र ८ को तल्लो तटीय क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ ।

प्रारम्भिक तथ्यांक अनुसार वडा न ७ मा ७९ घर परिवार र वडा ८ मा ६५ घर परिवार प्रभावित भएको अनुमान गरिएको छ ।

बाढी प्रभावित नगरवासीका प्रतिपरिवारलाई तत्कालका लागि राहतस्वरुप २५ हजार उपलब्ध गराउने निर्णय गरिएको हो ।

त्यसका लागि वडा नंं ७ र ८ मा दुई जना अधिकृतस्तरका कर्मचारीको नेतृत्वमा तथा सम्बन्धित वडाका जनप्रतिनिधिको रोहबरमा क्षतिको विवरण संकलन गर्न टोली खटाउने निर्णय गरिएको छ ।

बाढीमा बेपत्ता भएका व्यक्तिहरूको वडा–वडाबाट सिफारिस भई आएका विवरणलाई एकिन गर्न सर्वदलीय समिति गठन गर्ने र उक्त समितिले एक साताभित्र यथार्थ तथा प्रमाणित तथ्यांक उपलब्ध गराउने निर्णय समेत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?