काठमाडौं । चीनको दक्षिण–पश्चिमी स्वशासित क्षेत्र तिब्बत (सिजाङ) स्थित केरुङ नाका जोड्ने मुख्य सडक खण्ड पुनः सञ्चालनमा आएको छ ।
पहिरोका कारण क्षतिग्रस्त भएको राष्ट्रिय राजमार्ग २१६ लाई दिनरातको निरन्तर मर्मतपछि बुधबार बिहान १० बजेदेखि सुचारु गरिएको हो ।
उद्धार टोलीकाअनुसार सडक मार्ग खुलेपछि राहत सामग्री, उद्धार उपकरण र सम्बन्धित टोलीहरू पहिरो प्रभावित मुख्य क्षेत्रमा प्रवेश गरेका छन् ।
केही दिनदेखि अवरुद्ध रहेको उक्त सडक खण्ड मर्मत भएपछि अब राहत र पुनरुद्धारको कार्यले तीव्रता पाउने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया