भोटेकोसी बाढी अपडेट : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, करिब ४ हजार अझै बेपत्ता

लोकपथ
42
Shares

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न जिल्लाबाट ९८७ जनाको शव फेला परेको हो ।

सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा विभिन्न मानव अंगसहित ३२१ शव फेला परेका छन् । यस्तै, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८, नुवाकोटमा ९५ र रसुवामा २७ शव फेला परेको प्राधिकरणले जनाएको छ ।

बाढीपछि अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना तथा भन्सार कार्यालयका कर्मचारीसमेत रहेका छन् ।

सम्पर्कविहीनमध्ये ५८३ जना विदेशी नागरिक छन् । विदेशी पर्यटकसँगै घुम्न गएका १६४ जना नेपाली नागरिक पनि अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ । बाढीमा परी घाइते हुनेको संख्या २७९ पुगेको छ । घाइतेमध्ये १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

उद्धार तथा राहतका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भदौ १० गते बिहान आएको बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?