कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास बोटलिङ सुरु, अभाव नहुने संघको दाबी

लोकपथ
154
Shares
ग्यासको सांकेतिक तस्बिर

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि उपत्यकामा ग्यास आपूर्ति प्रभावित हुन नदिन राजधानी बाहिरबाटै ग्यास भरेर ल्याउने तयारी गरिएको छ ।

ग्यास बोकेका बुलेट कृष्णभीर हुँदै आवतजावत गर्न नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले राजधानी बाहिर रहेका उद्योगबाट ग्यास भरेर ल्याउने भएका हुन् ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिरबाट ग्यास भर्न अनुमति दिएको छ ।

उनका अनुसार उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरेर ग्यास भर्नेछन् ।

उपत्यका र छिमेकी जिल्लामा मात्रै देशभरको कुल ग्यास खपतको ४० प्रतिशतभन्दा बढी माग रहेको चन्दले बताए । कृष्णभीरमा सडक अवरुद्ध भएपछि ग्यासको नियमित आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक व्यवस्थामार्फत ग्यास ल्याउने तयारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?